समाचार
परिचय
सङ्खुवासभा जिल्लाको साविकका दिदिङ र मत्स्यापोखरी गाउँ विकास समितिको संयोजनबाट नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २६ गतेको निर्णय बमोजिम यस चिचिला गाउँपालिका गठन भएको हो । साविकको दुई गा.वि.स. को केन्द्र नपर्ने हुँदा दुवै गा.वि.स. केन्द्रविन्दु चिचिला बजारमा केन्द्र राख्ने सहमतिमा यस गाउँपालिकाको नाम पनि चिचिला गाउँपालिका रहेको हो ।
चिचिला गाउँपालिका भौगोलिक अवस्थितिः
अक्षांश: २७° २६ मिनेट १५,४० सेकेन्ड देखि २७° ३१ मिनेट ४१,५२ सेकेन्ड
देशान्तर: ८७° ८ मिनेट ३९,९३ सेकेन्ड देखि ८७° १७ मिनेट ४९,४६ सेकन्ड
पूर्वमा सभापोखरी गाउँपालिका, पश्चिममा सिलिचोङ गाउँपालिका, उत्तरमा मकालु गाउँपालिका र दक्षिणममा खाँदबारी नगरपालिका अवस्थित रहेको यस गाउँपालिका समुद्री सतहबाट ५०२ मिटर देखि उचाई २२९८ मिटरसम्म फैलिएको छ । यो गाउँपालिका पहाडी भू-वनोट भएको गाउँपालिका हो । उत्तर दक्षिण कोशी- ल्हासा राजमार्गको २० कि.मि. दायाँबायाँ पर्ने यस गाउँपालिकाको क्षेत्रफल ८८.५३ वर्ग कि.मि. रहेको छ भने यस गाउँपालिकामा ५ वटा वडाहरूमा विभाजन गरिएको छ ।
No front page content has been created yet.