FAQs Complain Problems

चिचिला गाउँपालिकाको संक्षिप्त परिचय

 
यो गाउँपालिका पुर्वमा सभापोखरी गाउँपालिका, दक्षिणमा खाँदवारी नगरपालिका, पश्चिममा सिलिचोङ गाउँपालिका र उत्तरमा मकालु गाउँपालिकासंग सिमा जोडिएको चिचिला गाउँपालिका जिल्ला सङ्खुवासभा, १ न. प्रदेशमा पर्दछ । यो गाउँपालिकालाई छिचोल्दै कोशी- ल्हासा राजमार्ग तय गर्नु पर्नेछ । देशको संघीय पुर्नसंरचना अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा  सङ्खुवासभा जिल्ला मत्स्यपोखरी र दिदिङ गाउँ विकास समितिहरूलाई समेटेर चिचिला गाउँपालिका घोषणा गरिएको हो । ५ वटा वडा रहेको गाउँपालिकाको कुल क्षेत्रफल  ८८.६३ रहेको छ ।  प्राकृतिक, साँस्कृतिक एवम् जैविक बिबिधताले भरिपूर्ण यस गाउँपालिकाले धार्मिक, साँस्कृतिक एवम् प्राकृतिक पर्यटनको भरपूर सम्भावना बोकेको छ ।  यो गाउँपालिकाको सबै भन्दा उचाईमा रहेको बलुथाम बौद्ध स्तुपा हो  जसको उचाई समुन्द्र सतहबाट २३५० मिटर रहेको छ ।  यहाँ प्राकृतिक पर्यटनमा मत्स्यपोखरी, धुवा छाँगा, नाग दह, चुच्चे ढुङ्गा ईत्यादि रहेको छ ।

 

कार्यालय केन्द्रः जम्मा वडा    सङ्ख्या जम्मा जनसङ्ख्या समावेश गा.वि.स जम्मा क्षेत्रफल
चिचिला बजार ५ वटा  ७०६५ दिदिङ र मत्स्यपोखरी ८८. ६३ वर्ग कि.मी.